गृहमन्त्रीको राजिनामा माग्नु अनुचित: प्रधानमन्त्री

गृहमन्त्रीको राजिनामा माग्नु अनुचित: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीमाथि प्रश्न उठेकै भरमा मन्त्रीको राजीनामा माग्नु अनुचित भएको प्रतिक्रिया दिएका छन्।

काठमाडौंमा शनिबार आयोजित ‘हाफ म्याराथन’ आरम्भपछि छलफलका क्रममा प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने तर्क गरे।

‘बोल्ने र माग राख्न पाउने प्रतिपक्षको अधिकारको म सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहिँ चाहिन्छ’, उनले भने। प्रतिपक्षलाई त यो सरकार नै मन नपरेका कारण उसने निराधार माग तेस्र्याएर संसदमा अवरोध गरेको उनले बताए।

पूर्वगृहमन्त्री रवि लामिछानेको सन्दर्भ र लेखकको सनदर्भ नै फरक भएको उनले बताए। ‘पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृह मातहतको सीआइबीले छानबिन गरिरहेको थियो। अहिले त्यस्तो अवस्था होइन’, ओलीले भने, ‘त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो। यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन।’

उनले बच्चाहरूले झोला वा खेलौना हात्ती किनिदेऊभन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदेऊभन्दा हाल्न नसकिएजस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताए।

प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij