JanataToday.com

Advertisment

SKIP THIS

भन्सार छलीका ६ लाख बढिका अबैध सामान प्रहरीको नियन्त्रणमा

भन्सार छलीका ६ लाख बढिका अबैध सामान प्रहरीको नियन्त्रणमा

भैरहवा , जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको करिव ६ लाख ४८ हजार ६६० रुपैयाँ बरावरको अबैध सामान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं. २ बैकुण्ठपुरबाट युपी ५६ क्यू १०७० न.को मोटरसाईकलमा ल्याउदै गरेको ३ बोरा चिनि र मोटरसाइकल चालक रोहिणी गाउँपालिका वडा नं. २ कठौतिया बस्ने बर्ष १८ को अकलेश कोहिरीलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.१ नेउडिहवाबाट लेडिज टप्स १३० पीस र जेन्स भेष्ट १०० पिस बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले तिलोतमा नगरपालिका वडा नं. ९ मंगलापुरबाट चिनि करिव २०० के.जी., अरहर दाल ८० के.जी., लेडिज सिंगल कुर्ति ६९ पिस र लेडिज टु पिस कुर्ति ४१ पिस बरामद गरेको छ ।

यस्तै प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ११ छोट्की पिप्रहिवाबाट युपी ५६ क्यू ५६८६ नं.को मोटरसाईकलमा ल्याउदै गरेको केराटिन क्रिम २ कार्टुन र १ बोरा कपालमा लगाउने सेरम सहित मोटरसाइकल चालक भारत उत्तर प्रदेश सिद्धार्थनगर जिल्ला लौटन थाना बस्ने बर्ष २८ को मनोज जैसवाल बानियालाई नियन्त्रणमा लिएको छ ।

यसैगरी प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १३ कालिदहबाट अण्डा ३०० पिस, डिउ पिय पदार्थ १३८ पिसर र बिभिन्न प्रकारका चिप्स बरामद गरेको छ ।

बरामद भएका अबैध सामान र पक्राउ परेका ब्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij