बुटवल -बुटवल उपमहानगरपालिका १७मा रहेको नमुना टोल विकास संस्थाको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन रानीगञ्जमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल वडा नं। १७ का अध्यक्ष ज्ञान बहादुर रेस्मीले टोल विकास संस्थाहरूले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले स्थानिय रुपमा टोल विकास संस्थाहरुले सामाजिक जिम्मेवारी बोधकासाथ गरेका सकरात्मक कार्यहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै कार्यहरुको अपेक्षा रहेको बताउनुभयो ।
विशेष अतिथिका रूपमा वडा सदस्य राम प्रसाद न्यौपानेले टोल विकास संस्था आर्थिक रुपमा सम्पन्न, सामाजिक रुपमा एकताबद्ध र विकास निर्माणमा एकजुट भएको भन्दै वक्ताहरुले प्रशंसा गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष धर्मबिर बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे भने लक्ष्मी रेस्मीले कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो।उदघाटन सत्रको कार्यक्रम उपाध्यक्ष चीन बहादुर थापाको स्वागत एवम सचिव खिमानन्द ज्ञवालीको सन्चालनमा सम्पन्न भएको हो ।संस्थाले आगामी दिनमा थप विकास गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

यसैबिच
अधिवेशनले चिन बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा खिमानन्द ज्ञवाली,सचिवमा नोमकला श्रेष्ठ,सह सचिव मिन बहादु खाम्चा,कोषाध्यक्षमा लक्ष्मी रेस्मी सदस्यमा छौमाया गुरुङ,खिमानन्द पोखरेल,टिला बुढाथोकी,ममता बुढाथोकी चयन भएको निर्वाचन मंडलका संयोजक सुनिता रास्कोटिले बताउनुभयो ।।नव निर्वाचित अध्यक्ष थापाले सबैको साथ र सहयोगमा टोलका विकास निर्माण लगायतका सामाजिक गतिवधि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।सहभागीहरूले संस्थाको भूमिकालाई सराहना गर्दै आगामी दिनमा अझ प्रभावकारी गतिविधिहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति : शनिबार, जेष्ठ २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्