JanataToday.com

Advertisment

SKIP THIS

४ हाइड्रोपावर कम्पनीको सेयरमा असारभित्र ‘लकइन’ अवधि सकिने

४ हाइड्रोपावर कम्पनीको सेयरमा असारभित्र ‘लकइन’ अवधि सकिने

काठमाडौं । असार महिनामा विभिन्न ४ वटा हाइड्रोपावर कम्पनीको स्थानीय तथा संस्थापक सेयरको ‘लकइन’ अवधि सकिने भएको छ ।

लकइन अवधि सकिएको भोलिपल्टबाट यी सेयर साधारणसरह, उहीं मूल्यमा कारोबारमा आउँछन् । जसले गर्दा सेयर संख्या बढ्न गई मूल्य घट्ने जोखिम हुने भएकाले कम्पनीले एक महिना पहिले नै सार्वजनिक सूचनामार्फत जानकारी दिँदै आएका छन् ।

विन्ध्यबासिनी हाइड्रोपावर, दोर्दीखोला जलविद्युत् कम्पनी, हिमालयन हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको असार महिनामा लकइन अवधि सकिन लागेको हो ।

विन्ध्यबासिनी हाइड्रोपावरको संस्थापक, कर्मचारी र स्थानीय प्रभावितको गरी कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरमा असार २ गते लकइन अवधि समाप्त हुने भएको छ ।

त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीको संस्थापक, स्थानीय प्रभवित र कर्मचारीको गरी कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरमा असार ७ गते लकइन अवधि सकिने भएको छ ।

हिमालयन हाइड्रोपावर कम्पनीको संस्थापक, आयोजना प्रभावित र कर्मचारीको गरी कुल ९० लाख २१ हजार ११५ कित्ता सेयरमा असार २७ गते लकइन अवधि सकिँदैछ ।
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको कुल १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयरमा असार २९ गतेदेखि लकइन अवधि सकिने भएको छ ।

 

प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij