रुपन्देही, तिलोत्तमा–२, योगिकुटीस्थित शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले जेष्ठ २७ गते वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ५३औं विश्व वातावरण दिवस र २६औं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा संस्थाले वातावरण संरक्षणको सन्देश फैलाउने उद्देश्यसहित वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो।
संस्थाको सिमानगरमा रहेको कार्यालय परिसरमै कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा आँप, लिची, स्वामी, वर, पिपल लगायतका बहुवर्षीय र वातावरणमैत्री बिरुवाहरू रोपिएको संस्थाले जानकारी दिएको छ।
वृक्षारोपण कार्यक्रममा संस्थाका अध्यक्ष झविन्द्र भण्डारी, उपाध्यक्ष चन्द्रकान्त खनाल, सचिव कमला ज्ञवाली , कोषाध्यक्ष भिमलाल पौडेल , सल्लाहकारहरू द्वय जोबान सिंह ठकुरी र पुर्ण ब. खत्री कार्यसमिति सदस्यहरू, इन्जिनियर दिपक पाण्डे तथा अन्य कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
संस्थाका अध्यक्ष झविन्द्र भण्डारीले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थिए। उहाले वातावरण जोगाउन तथा पानीको स्रोत जोगाइराख्न हरियाली विस्तार गर्नु अत्यावश्यक रहेको बताउनुभयो। हाम्रो प्रयासले वातावरण संरक्षण त हुन्छ नै, समाजप्रतिको दायित्व पनि पूरा हुन्छ,भण्डारीले भन्नुभयो ।
कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्ष चन्द्रकान्त खनालले गर्नुभएको थियो भने सञ्चालन सचिव कमला ज्ञवालीले गर्नुभएको थियो। संस्थाले रोपिएका बिरुवाहरूको संरक्षण, स्याहार र मलजलको जिम्मेवारी पनि आफैंले लिने प्रतिबद्धता जनाएको छ।
संस्थाका पदाधिकारीहरूले नियमित रुपमा यस्ता कार्यक्रम गर्दै समाज र वातावरणप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने बताएका छन्।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्