प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२’ प्रतिनिधिसभामा पेस गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिवेदन पेस गर्दै उनले सबै नागरिकलाई कसरी नागरिकता दिन सकिन्छ भनी समितिमा बृहत छलफल भएको बताए । सरोकार भएका पक्षसँग छलफल गरी विधेयकलाई समितिका तर्फबाट अन्तिम रुप दिइएको सभापति खतिवडाले जानकारी दिए । आमाको नामबाट नागरिकता दिने व्यवस्था समितिले गरेको बताउँदै उनले आमा र देशलाई माया नगर्नेले कसैलाई पनि माया नगर्ने भएकाले आमाको नामबाट नागरिकता दिँदा कसैलाई आपत्ति हुननहुने धारणा राखे ।

निजामती विधेयकसम्बन्धी समितिका तर्फबाट प्रतिनिभिसभामा प्रतिवेदन पेस गरिसकिएको उल्लेख गर्दै सभापति खतिवडाले आजको कार्यसूचीमा नपरे पनि शीघ्र पारित हुने विश्वास व्यक्त गरे । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । पत्र पढेर सुनाउँदै उनले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी खाद्य सुरक्षासम्बन्धी कार्यक्रममा भाग लिन थाइल्याण्ड गएकाले मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सम्हाल्नेगरी तोकिएको जानकारी मुख्यसचिवमार्फत आएको उल्लेख गरेका थिए

प्रकाशित मिति : बिहिबार, असार ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij