काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ९३ अङ्कले घटेर २ हजार ५ सय ९५ दशमलव ९७ विन्दुमा झरेको छ । शेयर बजार लगातार चौथो कारोबार दिन घटेको हो ।
आज सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर ३ दशमलव १३ प्रतिशत र जलविद्युत् समूहको शेयर २ दशमलव ७८ प्रतिशतले ओरालो लागेको छ ।
आज प्योर इनर्जी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन जोशी हाइड्रोपावर लेभलपमेन्ट कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ११ अर्ब २३ करोडको कारोबार भएकोमा आज ३ सय १० वटा कम्पनीका २ करोड १५ लाख कित्ता शेयर ९ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रकाशित मिति : आइतबार, असार ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्