भैरहवा, रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२र०८३ को लागि बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न १७ औं गाउँ सभाको बैठकमा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २५ लाख १४ हजार रुपैयाँ बराबरको आम्दानी खर्च भएको बजेट सार्वजनिक गर्नुभएको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमानतर्फ ११ करोड ६६ लाख, सशर्त अनुदानतर्फ १६ करोड ५ लाख र समपुरक अनुदानतर्फ ४० लाख अनुदान प्राप्तीको अनुमान गरेको छ ।
त्यस्तै प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमानतर्फ ८० लाख ७३ हजार, सशर्त अनुदानतर्फ १ करोड ५५ लाख, समपुरक अनुदानतर्फ ७५ लाख अनुदान प्राप्तिको अनुमान गरेको गाउँपालिकाले बाँडफाँडबाट प्राप्त राजस्व अन्तर्गत संघीय सरकारबाट ९ करोड ४२ लाख ६४ हजार, प्रदेश सरकारवाट ८७ लाख ७७ हजार र स्थानीय राजस्व बाँडफाँडबाट २ करोड ५० लाख प्राप्तीको अनुमान गरेको छ ।
गाउँपालिकाको आन्तरिक स्रोततर्फ ३ करोड ७३ लाख गरी कुल जम्मा ४९ करोड २५ लाख १४ हजार राजस्व तथा अनुदान प्राप्तीको अनुमान गरिएको चौधरीले बताउनुभयो । त्यस्तै खर्चतर्फ गाउँपालिकाको चालु खर्चतर्फ ३२ करोड १८ लाख ४१ हजार र पूँजीगत खर्चतर्फ १७ करोड ६ लाख ७३ हजार गरी ४९ करोड २५ लाख १४ हजार खर्चको प्रक्षेपण गरेको उहाँले बताउनुभयो ।
आइतबार गाउँपालिकाले नीति तथा कार्यक्रम पनि ल्याएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मञ्जित कुमार यादव ९सोनु० ले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने राष्ट्रिय नारालाई आत्मसाथ गर्दै ‘समृद्ध ओमसतिया’ भन्ने मुल मन्त्रका साथ ‘ओमसतियाको शान सुन्दर शान्त समृद्ध गाउँपालिका हाम्रो अभियान’ भन्ने मूल नारा लिइ नीति तथा कार्यक्रम तयार पारिएको बताउनुभयो ।
गाउँपालिकाले खाली जग्गामा वृक्षरोपण, हरियाली प्रवद्र्धन तथा वनको संरक्षण गरी जल, जमिन तथा वातावरणको संरक्षण गरिने नीति लिएको छ । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन तथा जलवायु उत्थानशील योजना तर्जुमा गरी सो अनुसार विपद पूर्वतयारी, विपद् न्यूनीकरण, प्रतिकार्य र पुनस्र्थापनाको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइने अध्यक्ष यादवले बताउनुभयो । ‘सेवाको वरिपरी जनता होइन जनाताको वरिपरी सेवा“ भन्ने अवधारणालाई आत्मसाथ गरी मुस्कानसहितको छरितो र एकीकृत घुम्ती सेवा कार्यक्रम सञ्चालन गरिने नीति लिएको उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका नागरिकहरुको गुनासो तथा सेवासम्बन्धी जिज्ञासा सुन्नेको र सोको सम्बोधन अनलाईन प्रणालीको माध्यमबाट गर्ने नागरिक गुनासो व्यवस्थापन प्रणाली तयार गरी लागू गरिने अध्यक्ष यादवले बताउनुभयो ।
कर प्रणालीमा सुधार गर्दै प्रगतिशिल कर प्रणालीको सिद्वान्तमा रही आर्थिक वर्ष २०८२र०८३ लाई कर सहभागीता वर्षको रुपमा मनाइने उहाँले बताउनुभयो । त्यस्तै राजस्व प्रशासनलाई चुस्त बनाउदै विद्युत्तीय माध्यमबाट कर तिर्ने प्रणालीको विकास गरी राजस्व संकलनलाइ क्रमशः फेसलेस र क्यासलेस बनाउँदै लगिने उहाँको भनाइ छ ।
गाउँपालिकामा कायम भएको असुलउपर बेरुजु असुल गरी बेरुजु कम गरी नीतिगत वेरुजु हटाउन आवश्यक संयन्त्र निर्माण गरी महालेखा परिक्षक समक्ष पेश गरिने गाउँपालिकाले नीति लिएको छ । बेरुजु आउने खालका कार्यक्रमहरु सञ्चालन गर्न रोक लगाईने र बेवसाइटमा प्रकाशित गर्ने कार्यलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
प्रकाशित मिति : सोमबार, असार ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्