बुटवल , नेपालमा प्रतिबन्धित लागु औषध सहित रुपन्देही प्रहरीले २ जनालाई पक्राउ गरेको छ । भैरहवाको उद्योगपुरीबाट प्रतिबन्धित लागु औषध सहित २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रुपन्देही मर्चवारी गाउँपालिका वडा नं। ६ बस्ने ३२ वर्षिय हरिद्वार प्रसाद कुर्मी र सोही स्थानका ३३ वर्षिय पिन्टु यादव रहेका छन् ।
रुपन्देही प्रहरीको लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवा र अस्थायी प्रहरी बिट गल्लामण्डी रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कुर्मीले चलाएको भारतिय नम्बरको मोटरसाइकलमा पछाडी सवार यादवले भिरेको झोलाबाट प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुबाट डाईजेपाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल र नुफिन १०० एम्पुल लागु औषध सहित बरामद भएको हो । नियन्त्रणमा रहेको मोटरसाईकल सहित उनीहरु माथि लागु औषध कुसरमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्