काठमाण्डौ – शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ९१ अङ्कले बढेर २ हजार ६ सय ६० दशमलव ३९ विन्दुमा पुगेको छ ।
आज उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा लगानी र माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावर कम्पनीको शेयर ९ दशमलव ८७ प्रतिशतले बढेको छ । नेप्से दोहोरो अङ्कले बढेको दिन युनिलिभर नेपाल कम्पनीको शेयर भने २ दशमलव १३ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका १ करोड ५७ लाख कित्ता शेयर ७ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रकाशित मिति : मंगलबार, असार १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्