काठमाडौँ, उपभोक्ता अदालतले विभिन्न अस्पताल र चिकित्सकमाथि गरेको आदेशविरुद्ध नेपाल चिकित्सक संघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ।
काठमाडौँ : उपभोक्ता अदालतले विभिन्न अस्पताल र चिकित्सकमाथि गरेको आदेशविरुद्ध नेपाल चिकित्सक संघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ।
संघले आज विभिन्न सरोकारवाला संघ संस्थासँगको छलफलपछि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।
आन्दोलनको तालिकानुसार पर्सि २२ गते आइतबार आ–आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने र सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने संघका महासचिव सञ्जीव तिवारीले जनाएका छन्।
यसैगरी संघले चिकित्सकहरूको हस्ताक्षर र नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी २४ गते काउन्सिलमै बुझाउने भएको छ।
उपभोक्ता अदालतले विरामीको उपचारमा लापरबाही गर्दा ज्यानै गएको सन्दर्भमा विभिन्न ३ वटा अस्पताल र चिकित्सकविरुद्ध जरिवानासहितको फैसला सुनाएपछि संघले विरोध गर्दै आएको छ।

प्रकाशित मिति : शुक्रबार, असार २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्