संघीय संसद्अन्तर्गत बिहीबार ६ वटा समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत बिहीबार ६ वटा समितिको बैठक बस्दै

काठमाडौँ –  संघीय संसद्अन्तर्गत बिहीबार ६ वटा समितिको बैठक बस्दैछ। अर्थ समितिको बैठकको पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकसँग छलफल हुनेछ।

दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसामयिक विषयमा छलफल हुनेछ। बैठक बिहान ११ बजे शुरु हुनेछ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानून व्यवसायी परिषद्सँग छलफल गर्ने कार्यसूची छ। सार्वजनिक लेखा समितिको बैठकमा २३औं वार्षिक प्रतिवेदन उपर छलफल र पारित गर्ने कार्यसूची छ।

विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । यी चारवटै समितिको बैठक दिउँसो १ बजे बस्ने सचिवालयले जनाएको छ। बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बाढीबाट भएको क्षति, उद्धार र पुनःस्थापना सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ।

प्रकाशित मिति : बिहिबार, असार २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij