काठमाण्डाै – मलेशियामा सम्पन्न भएको १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
टोलीका खेलाडी र अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्न लागेको क्यानले जनाएको छ । खेलाडीको हौसला बढाउन नगदसहित सम्मान गर्न लागेको क्यानका प्रवक्ता छुम्बी लामाले बताउनुभयो ।
गएको शनिवार भएको फाइनलमा सिङ्गापुरलाई हराउँदै नेपाली युवा टोलीले उपाधि जितेको थियो । प्रतियोगितामा नेपाल अपराजित रहँदै विजेता बनेको थियो ।

अन्तिम अपडेट: असार २७, २०८२
प्रकाशित मिति : शुक्रबार, असार २७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्