JanataToday.com

Advertisment

SKIP THIS

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले बङ्गलादेशसँग खेल्दै

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले बङ्गलादेशसँग खेल्दै

काठमाण्डौ – २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले आफ्नो दोश्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ ।

बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ ।

अस्ति शुक्रवार भएको खेलमा नेपालले भूटानमाथि ६–१ गोलको जीत निकाल्यो । यस्तै घरेलु टोलीले पनि आफ्नो पहिलो खेलमा शृङ्खलालाई ९–१ गालले हरायो । अङ्क तालिकामा बङ्गलादेश शीर्ष स्थानमा र नेपाल दोश्रो स्थानमा छ ।

दुवै टोलीको समान तीन अङ्क छ । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् ।

डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले असार ३२ गते र साउन १ गते श्रीलङ्कासँग, साउन ३ गते भूटानसँग, साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : आइतबार, असार २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij