JanataToday.com

Advertisment

SKIP THIS

गैँडाकोटमा मध्यरातको डकैती : खुकुरी देखाएर ५ तोला सुन लुटपाट

गैँडाकोटमा मध्यरातको डकैती : खुकुरी देखाएर ५ तोला सुन लुटपाट

गैँडाकोट – नवलपरासीको गैँडाकोट नगरपालिका–१ स्थित विकासचोकमा गएराति एक घरमा सशस्त्र लुटपाट भएको छ। घरेलु हतियार खुकुरीसहित आएका तीन जनाको समूहले राति करिब २ बजेतिर सरिता पौडेलको घरमा पसी ५ तोला सुन लुटेर फरार भएका छन्।

पीडित सरिता पौडेलका अनुसार लुटेराहरुले मुखमा कपडा बाँधेर खुकुरी घाटीमा राख्दै सुनका गहना मागेका थिए। “गहना नदिए छोरा–छोरीलाई समेत केही गरिदिन्छौं भन्ने धम्की दिएका थिए,” उनले बताइन्। डाकाहरु घरभित्र झन्डै १५ मिनेटसम्म बसेका थिए।

लुटेराले सिक्री, औँठी, बाला, झुम्का, माइली तिलहरी लगायत करिब पाँच तोला सुनका गरगहना लिएर भागेको पौडेलले जानकारी दिइन्।

घटनापछि इलाका प्रहरी कार्यालय गैँडाकोटको टोली घटनास्थलमा पुगेको छ। प्रहरी निरीक्षक कमला नरालका अनुसार घटनाको गम्भीरतापूर्वक अध्ययन सुरु गरिएको छ। “सम्भावित व्यक्तिहरुको खोजी र अनुसन्धान प्रारम्भ गरिएको छ,” उनले भनिन्।

स्थानियवासीहरु घटनाबाट त्रसित भएका छन् र रातको समयमा सुरक्षा व्यवस्था थप कडा बनाउन माग गरेका छन्। पछिल्लो समय गैँडाकोट क्षेत्रमा यस्ता घटनामा वृद्धि हुन थालेको भन्दै प्रहरीले थप सतर्कता अपनाउने जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, साउन २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij