JanataToday.com

Advertisment

SKIP THIS

गएको आर्थिक वर्षमा १८ खर्ब रुपैयाँको वस्तु आयात, निर्यातमा रेकर्ड

गएको आर्थिक वर्षमा १८ खर्ब रुपैयाँको वस्तु आयात, निर्यातमा रेकर्ड

काठमाण्डौ – गएको आर्थिक वर्ष २०८१र८२ मा नेपालले १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । त्यस्तै २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको तथ्याङ्क छ ।

आयात अघिल्लो वर्षको तुलनामा १३ दशमलव २५ प्रतिशतले बढेको छ । त्यस्तै निर्यातमा रेकर्ड बनेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१र८२ मा निर्यात ८१ दशमलव ८० प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८०र८१ मा १ खर्ब ५२ अर्ब रुपैयाँको वस्तु निर्यात भएको थियो ।

नेपालको वैदेशिक व्यापार घाटा २०८१र८२ मा १५ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा १ खर्ब रुपैयाँभन्दा धेरैले बढेको हो ।

नेपालको वैदेशिक व्यापार घाटा २०८०र८१ मा १४ खर्ब ४० अर्ब रहेकोमा २०८१र८२ मा १५ खर्ब २७ अर्ब रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा व्यापार घाटा ६ प्रतिशतले बढेको हो ।

नेपालको मुख्यगरी छिमेकी भारत र चीनसँग ठूलो मात्रामा वैदेशिक व्यापार घाटामा छ । सियोदेखि सुनसम्म नेपालले आयात गर्दै आएको छ ।

प्रकाशित मिति : मंगलबार, साउन ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij