JanataToday.com

Advertisment

SKIP THIS

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल नेपालमा हुने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल नेपालमा हुने

बुटवल – आइसीसी टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटका लागि नेपालाई पनि आयोजक राष्ट्र घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार विश्वकपको ग्लोबल छनोट नेपालमा हुने जानकारी दिएको छ । प्रतियोगिता २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ ।

यस छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी हुने छन् । नेपालले एसियाली छनोटको दोस्रो स्थानमा रहँदै पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको थियो । एसियाली छनोटबाट थाइल्याण्ड र नेपाल छानुत भएका थिए भने अमेरिका क्षेत्रीय छनोटबाट अमेरिका छनौट भएको छ । त्यस्तै २०२४ मा आईसीसी महिला विश्वकपमा सहभागिता जनाएकाले बंगलादेश र आयरल्याण्डले सिंधैं ग्लोबल छनोट खेल्ने छन् । त्यसैगरी अफ्रिका र युरोपबाट ग्लोबल छनौट खेल्ने २-२ तथा पूर्वी एसिया-प्रशान्त क्षेत्र छनोटबाट एक देशको टुंगो लाग्न बाँकी रहेको छ ।

१० देशलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सको शीर्ष ४ मा रहने देश विश्वकपमा छनौट हुने छन् । आइसिसीले प्रतियोगिताको खेल तालिका पछि सार्बजनिक गर्ने बताएको छ । इङल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने आईसीसी महिला टी-२० विश्वकप २०२६ को जुन १२ देखि जुलाई ५ सम्म चल्नेछ ।

यस विश्वकपमा इङल्याण्ड आयोजकको रुपमा सहभागी हुने छ भने अस्ट्रेलिया, भारत, न्यूजील्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज सिधै छनौट भएका छन् । त्यस्तै वरियताका आधारमा पाकिस्तान र श्रीलंका पनि विश्वकपका लागि छनौट भइसकेका छन् ।

प्रकाशित मिति : बिहिबार, साउन १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij