JanataToday.com

Advertisment

SKIP THIS

भारतसँगको पाँचौं तथा अन्तिम टेस्ट खेलमा इङ्ग्ल्यान्ड जीत नजिक

भारतसँगको पाँचौं तथा अन्तिम टेस्ट खेलमा इङ्ग्ल्यान्ड जीत नजिक

भारतसँगको पाँचौं तथा अन्तिम टेस्ट खेलमा इङ्ग्ल्यान्ड जीत नजिक पुगेको छ । केनिङटन ओभल मैदानमा चलिरहेको खेलमा पाँचौ तथा अन्तिम दिनमा इङ्ग्ल्यान्डलाई अब जीतका लागि ३५ रन आवश्यक छ । इङ्ग्ल्यान्डसँग चार विकेट बाँकी छ । भारतले पहिलो पारीमा दुई सय २४ रन र दोश्रो पारीमा तीन सय ९६ रन बनाएको थियो ।

इङ्ग्ल्यान्डले पहिलो पारीमा दुई सय ४७ रन र दोश्रो पारीमा छ विकेट गुमाएर तीन सय ३८ रन बनाएर खेलिरहेको छ । इङ्ग्ल्यान्डलाई सहज अवस्थामा ल्याउन इङ्ग्ल्यान्डका ह्यारी ब्रुक र जो रुटले शतकीय पारी खेले । ब्रुकले एक सय ११ र रुटले एक सय पाँच रन बनाए ।

यो निर्णायक खेल हो । शृङ्खलामा इङ्ग्ल्यान्ड २–१ ले अघि छ । इङ्गयान्डका कप्तान तथा अलराउण्डर बेन स्टोक्स काँधको चोटका कारण बाहिरिएपछि ओली पोपले टोलीको नेतृत्व सम्हाल्नेछन् । यसअघि भारतले ओभलमा १५ टेस्टमध्ये दुईमा मात्र जीत हासिल गरेको छ ।

प्रकाशित मिति : सोमबार, साउन १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij