लुम्बिनी प्रादेशिक अस्पतालले मनायो विश्व स्तनपान सप्ताह

लुम्बिनी प्रादेशिक अस्पतालले मनायो विश्व स्तनपान सप्ताह

बुटवल, रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा विभिन्न सचेतनात्मक गतिविधिसहित विश्व स्तनपान सप्ताह–२०२५ सम्पन्न गरिएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ सम्म मनाइने सप्ताह अन्तरगत मातृ तथा शिशु स्वास्थ्यसम्बन्धी सचेतनासहित दिवस मनाइएको अस्पतालका नर्सिङ विभाग प्रमुख नेहा थापाले बताउनुभयो ।

सप्ताह अन्तरगत हरेक दिन फरक–फरक गतिविधिसहित १ हजार बढी आमाहरुलाई शिशुको स्याहार, पोषण लगायत स्वास्थ्य सचेतनासम्बन्धी अन्तक्रियाहरुमा सहभागी गराउनुका साथै शिशु स्वास्थ्य र स्तनपान सम्बन्धी पम्प्लेट वितरण गरिरएको नर्सिङ विभाग प्रमुख थापाले जानकारी दिनुभयो । स्तनपान सम्बन्धी डेमोस्ट्रेशन, सचेतनामूलक भिडियो प्रस्तुती लगायतका कार्यक्रमहरुमा अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सिङ स्टाफहरुको सहभागीता थियो ।

आमाबुवाहरुको बीच नवशिशु सम्बन्धी जागरुकता पैदा गरी शिशु स्वास्थ्यमा सुधार गर्न तथा भर्खरै जन्मिएका शिशुका लागि स्तनपान अमृत समान हो भन्ने सन्देश दिनका लागि कार्यक्रम गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा। इन्द्र ढकालले बताउनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा हरेक वर्ष हजारौं आमाहरुले नवजात शिशुलाई जन्म दिने गरेको तथ्यांक छ । अस्पतालमा वरिष्ठ प्रशासकीय प्रमुख राजन केसीका अनुसार पछिल्लो अध्यावधिक विवरणमा १ वर्षको अवधिमा १२ हजार ९५ जनलाई प्रसुती सेवा उपलब्ध गराइएको छ । जसमध्ये ४ हजार ५ सय ४७ केसमा शल्यक्रिया गरिएको छ भने ८ हजार ५ सय ४८ आमाहरुले सामान्य रुपमै शिशुलाई जन्म दिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती सेवालाई थप विशिष्टीकृत गर्दै लगेपछि सेवाग्राहीको आकर्षण पनि बढ्दै गएको उहाँको दावी छ ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको अस्पताल सेवा विस्तार कार्यक्रम अन्तरगत प्रसुती सेवाका लागि छुट्टै भवनमा छुट्टै शल्यक्रिया कक्ष विस्तार, ल्याप्रोस्कोपी सेवा लगायतका सुधारहरु भएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा। ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, साउन २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij