JanataToday.com

Advertisment

SKIP THIS

उद्योगी व्यवसायीलाई डिजिटल मार्केटिङ सम्बन्धि तालिम

उद्योगी व्यवसायीलाई डिजिटल मार्केटिङ सम्बन्धि तालिम

बुटवल

बुटवल उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीलाई विद्युतीय बजारीकरण (डिजिटल मार्केटिङ) सम्बन्धि तालिम प्रदान गरिएको छ । संघले परम्परागत व्यवसाय सञ्चालन गरिरहेका र विद्युतीय बजारीकरणमा जान चाहेका व्यवसायीलाई तालिम प्रदान गरिएको हो ।

तालिम कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले समयको विकासक्रमसंगै व्यापार व्यवसायलाई समयसापेक्ष रुपमा लैजान आवश्यक देखिएको र त्यसको प्रवद्र्धनका लागि तालिम प्रदान गरिएको बताउनु भयो । उहाँले सूचना प्रविधिमा आधारित यो तालिम नितान्त प्राविधिक भएकाले तालिममा सिकेका कुरालाई व्यवहारिक कार्यान्वयनमा जोड दिनुभयो ।

तालिममा नेपाल फिलिलि टेक प्रा.लि. काठमाण्डौका संस्थापक प्रमुख कार्यकारी अधिकृत जेसिस कोइरालाले अनलाईन विजनेश, अनलाईन विजनेशका आधारहरु, कृतिम बुद्धिमता (एआई)को प्रयोग लगायतका विषयमा सैद्धान्तिक तथा व्यवहारिक पक्षहरुका बारेमा जानकारी गराउनु भएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो । उहाँका अनुसार तालिममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा बस्तुगत समितिका सभापति, उपसभापति लगायत करिव ७० जनाको सहभागिता रहेको थियो ।

त्यसै अवसरमा उहाँले अनलाईन विजनेश, अनलाईन विजनेशका आधारहरु, कृतिम बुद्धिमता लगायतका विषयमा इच्छुक उद्योगी व्यवसायीलाई निल्शुल्क अनलाईन तालिम प्रदान गरिने जानकारी गराउनु भयो । कार्यक्रममा सहभागी तथा प्रशिक्षक लगायतलाई धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले संघले उद्योगी व्यवसायीका लागि विभिन्न विषयमा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा पनि आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

प्रकाशित मिति : मंगलबार, साउन २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij