काठमाण्डौ – टोटनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै पेरिस सेन्ट–जर्मेन पीएसजी ले यूइएफए सुपर कप २०२५ को उपाधि जितेको छ । हिजो भएको खेलमा युरोपा लिग विजेता टोटनह्याम ४–३ पराजित भयो ।
स्टाडियो फ्रिउली ९उडिने० मा भएको खेलको ८५ औं मिनेटसम्म टोटनह्याम २–० ले अघि थियो । तर, पीएसजी अन्तिम क्षणमा खेलमा फर्किन सफल भयो । ८६ औं मिनेटमा ली काङ–इनले कुनामा प्रहार गर्दै गोल अन्तर घटाए ।
इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई २–२ मा पुर्याए । पेनाल्टी सुटआउटमा सुरुमा भिटिन्हाले मिस गरेपछि टोटनह्याम २–० ले अघि थियो । तर, मिकी भान डे भेन र माथिस टेलले अवसर गुमाए र पीएसजीले लगातार चार पेनाल्टी सफल पार्यो । अन्तिम निर्णायक प्रहार नुनो मेन्डेसले गर्दै टोलीलाई जीत दिलाए ।
प्रकाशित मिति : बिहिबार, साउन २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्