अति प्रज्वलनशील पदार्थ मेथानोल मिस्रित मदिरा सेवनबाट कुवेतमा १६ नेपाली कामदारको मृत्यु भएको छ। 
गत सातादेखि हालसम्म कुवेतको विभिन्न स्थानमा २३ जना आप्रवासी श्रमिकको मृत्युभएकोमा तीमध्ये १६ जना नेपाली रहेको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले जनाएको छ ।
अध्यक्ष एकराज मल्ल र सचिव आङकाजी शेर्पाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १ सय ६० बढीको स्थानीय अस्पातलको सघन उपचार कक्षमा उपचारत भइरहेको जनाएका छन् ।
मध्यपूर्वीय आर्कषक श्रम गन्तब्य कुवेतमा मदिरा, लागुऔषध उत्पादन, ओसारपसार र बिक्रि वितरण पूर्णतस् प्रतिबन्धित छ । बन्देजका बाबजुत नेपालीसहित मुख्यतः एशियाली मुलका नागरिकहरु सो प्रतिबन्धित कार्यमा संग्लग्न भएको पाईएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्