JanataToday.com

Advertisment

SKIP THIS

आयल निगमको बाटोबाट लुकाएर रवि लामिछानेलाई नक्खु कारागार पुर्‍याइयो

आयल निगमको बाटोबाट लुकाएर रवि लामिछानेलाई नक्खु कारागार पुर्‍याइयो

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नक्खु कारागार पुर्‍याइएको छ।

रूपन्देहीबाट काठमाडौँ विमानस्थलबाट कारागारतर्फ लगिएको हो।

लामिछानेका समर्थक त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल अगाडि जम्मा भएर बसेपछि उनीहरूलाई झुक्याउँदै आयल निगमबाट निकालेर नक्खु लगिएको हो।

रूपन्देही कारागारमा रहेका उनलाई जेल सरुवा गरेर अपराह्न ५ बजे काठमाडौँ ल्याइएको हो। बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ गतेदेखि रूपन्देही कारागारमा थिए।

उनले गत जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। अदालतले उनलाई काठमाडौँ सार्न अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो।

राष्ट्रिय मानवअधिकार आयोगको टोलीले केही दिनअघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको असुरक्षा रहेको बताएपछि सरकार उनलाई काठमाडौँ सार्न तयार भएको हो।

लामिछानेलाई स्वागत गर्नका लागि पत्नी निकितासहित समर्थकहरू भीड विमानस्थलमा जम्मा भएका थिए।

 

प्रकाशित मिति : शनिबार, साउन ३१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij