“सभापति बन्ने हो, प्रधानमन्त्री बन्ने होइन”:किशोर सिंह राठौर

“सभापति बन्ने हो, प्रधानमन्त्री बन्ने होइन”:किशोर सिंह राठौर

 

बुटवल – नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याउने अभिव्यक्ति दिँदै सहमहामन्त्री किशोर सिंह राठौरले आगामी १५औं महाधिवेशनमा आफू सहजै सभापति बन्ने दाबी गरेका छन्।

रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राठौरले मुलुकमा बढ्दै गएको अराजकता, बेथिति र भ्रष्टाचार नियन्त्रण गर्न “सक्षम र योग्य नेतृत्व आफू मात्र हो” भन्दै दृढ घोषणा गरे।

सभापति शेरबहादुर देउवाको साथ–सहयोग रहने विश्वास व्यक्त गर्दै उनले भने,“म प्रधानमन्त्री वा मन्त्री बन्ने रहरले होइन, कांग्रेसलाई बलियो बनाउन सभापति बन्न चाहन्छु। कमजोर कांग्रेसले लोकतन्त्र कमजोर बनाउँछ र नागरिकका अधिकार खोसिन्छन्।”

प्रतिनिधि सभा सदस्य समेत रहेका राठौरले पार्टी सभापति भएपछि संगठनलाई नवीकरण गर्ने, भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चाल्ने र नेतृत्वमा नयाँ धार ल्याउने प्रतिवद्धता दोहोर्याए।

सत्ता समीकरणबारे प्रश्न उठाउँदै उनले कांग्रेस–एमाले सहकार्यलाई व्यवहारमै इमान्दारीपूर्वक पालना गर्नुपर्ने चेतावनी दिए। एमालेको प्रतिबद्धताप्रति आंशिक अविश्वास प्रकट गर्दै उनले भने, “इमान्दारीपूर्वक सहकार्य भयो भने मात्र गठबन्धन टिक्छ, नत्र कांग्रेस आफैं बलियो भएर अगाडि बढ्नुपर्छ।”

साक्षात्कार कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : शनिबार, भाद्र १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij