काठमाण्डाै – जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाको पुनर्निर्माण प्रक्रिया शुरू गर्न सरकारलाई संसदीय समितिले ध्यानाकर्षण गराएको छ ।
राष्ट्रियसभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आज बसेको बैठकले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण प्रक्रिया थालनी गर्न भनेको हो । आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतलगायत देशभरका सरकारी, सार्वजनिक, निजी भवनमा ठूलो क्षति पुगेको छ ।
समितिले घटनाको छानबिन, दोषीमाथि कारबाही र यथाशीघ्र पुनर्निर्माण प्रक्रिया शुरू गर्न सरकारकाे ध्यानाकर्षण गर्ने निर्णय गरेको समितिकी सभापति कमलादेवी पन्तले जानकारी दिनुभयो ।
आजको बैठकले समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन परिमार्जनसहित पारितसमेत गरेको छ ।
प्रकाशित मिति : आइतबार, असोज ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्