नेपाली राजदूत र नियोग प्रमुखसँग आज ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री

नेपाली राजदूत र नियोग प्रमुखसँग आज ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिने भएकी छिन्। बुधबार दिउँसो ‘भर्चुअल’ माध्यम मार्फत संवादको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

 

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक ब्रिफिङ र सरकारको प्राथमिकताको बारेमा निर्देशन दिन लागेकी हुन्।

मन्त्रालयले नेपाल स्थित विदेशी नियोग प्रमुखहरूलाई पनि सरकारको तर्फबाट ब्रिफिङ गर्ने तयारी गरेको छ। त्यस क्रममा लोकतन्त्रप्रति प्रतिबद्धता दोहोर्‍याउँदै आगामी ६ महिनाभित्रै निर्वाचन गराउने प्राथमिकतामा समर्थन गर्न सरकारले आग्रह गर्ने र पुनर्निर्माणका लागि सरकारले अनुरोध गर्नेछ।

नयाँ सरकार बनेपछि सरकारका प्राथमिकता र आपसी सहयोग तथा सहकार्यका लागि आग्रह गर्दै ब्रिफिङ गर्ने विगतदेखिकै प्रचलन रहेको छ।

 

 

प्रकाशित मिति : बुधबार, असोज २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij