काठमाण्डौ – गृह मन्त्रालयले धर्ना जुलुस लगायतका कार्यक्रम गर्नु अगाडि वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन आग्रह गरेको छ । हिजो मन्त्रालयले विज्ञप्ति निकालेर नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको भन्दै धर्ना जुलुसअघि संवादमा आउन आग्रह गरेको हो ।
धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरू गर्नुपर्दा सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन समेत मन्त्रालयले अपिल गरेको छ । आउँदो फागुन २१ गतेका लागि तय भएको चुनावको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको पनि गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, असोज २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्