काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको हो ।
यसअघि बिहीबार सोही सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो ।
शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुनको मूल्य घटेपनि चाँदीको आज कायम भएको मूल्य हालसम्मकै उच्च हो ।
प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्