काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भारतबाट दुर्गाैलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको प्रकरणमा आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
दुवै जना रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगाँवामा कार्यरत थिए ।
प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्