JanataToday.com

Advertisment

SKIP THIS

कतारविरुद्व नेपालको रोमाञ्चक जित

कतारविरुद्व नेपालको रोमाञ्चक जित

काठमाडौं  ,नेपालले कतारलाई ५ रनले पराजित गरेको छ।

गएराति सम्पन्न आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको हो।

मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपालले सुपर सिक्सको तेस्रो खेलमा कतारविरुद्ध लक्ष्यअनुरुपको योगफल खडा गर्न सकेन। तर, सन्दीप लामिछानेको सानदार बलिङप्रेरित नेपालले अर्को रोमाञ्चक जित हासिल गर्यो।

ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा कतारले नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउन सकेन । १३औं ओभरको समाप्तिमा कतारले दुई विकेटको क्षतिमा १०५ रन जोडेको थियो।

सात ओभरमा कतारलाई जितका लागि ४३ रन आवश्यक रहँदा नेपालको जित कल्पना बाहिरको कुरा थियो। तर, नेपालले जितको मुखमा रहेको कतारसँग पाँच रनको जित हासिल गर्दै दुई अंक खोस्यो।

अन्तिम ओभरमा आठ विकेट गुमाइसकेको कतारलाई जितका लागि १० रनको आवश्यकता थियो। त्यहीबेला कप्तान रोहित पौडेलले तीन खेलाडीलाई पेभिलियनको बाटो देखाइसकेका सन्दीपलाई बलिङको जिम्मेवारी दिए।

सुरुआती दुई बल ‘डट’ फ्याकेका सन्दीपले तेस्रो बलमा आमिर फरुकलाई स्टम्प आउट गरिदिए। त्यसपछिका दुई बलमा कतारले दुई रन जोड्यो। अब अन्तिम बलमा कतारलाई सात रन आवश्यक हुँदा पनि पूरा गर्न सकेन।

सन्दीपले १०औं ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए। ५६ रनको अर्धशतकीय पारी खेलेका ओपनर इमाल लियानेजलाई सन्दीपले बोल्ड गरिदिए। लियानेजले जुबेर अलीसँग मिलेर पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरे।

खेलमा सन्दीप लामिछानेले पाँच विकेट लिँदा नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले रोहितको अर्धशतकप्रेरित खेलमा ९ विकेट गुमाउँदै १४७ रन जोडेको थियो। रोहितले ५८ रनको पारी खेले।

रोहितबाहेक दीपेन्द्रसिंह ऐरिले २६ रनको योगदान गरे। त्यस्तै अन्तिम तीन ओभर बाँकी रहँदा क्रिजमा आएका गुल्सन झाले दुई छक्कासहित १६ रन बनाए। त्यस्तै १०औं नम्बरमा आएका सोमपालले १४ रन बनाए।

कतारका लागि मिर्जा मोहम्मद बेइग र ड्यानियल आर्चर मारिया लुइसले समान तीन विकेट लिए। जितसँगै नेपाल अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपको नजिक पुगेको छ।

नेपाल ६ अंकका साथ हाल अंकतलिकाको दोस्रो स्थानमा छ। भोलि शीर्ष स्थानको ओमानलाई हराए नेपालले विश्वकपमा सथान बनाउनेछ। नेपालले सुपर सिक्सको पहिलो खेलमा जापानलाई पाँच विकेटले हराएको थियो।

मंगलबार दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स युएई नेपालसँग एक रनले स्तब्ध बनेको थियो। नेपालले शुक्रबार समोआसँग खेल्ने तालिका छ।

प्रकाशित मिति : मंगलबार, असोज २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij