प्रतिनिधिसभा विघटन असंवैधानिक,चुनावको वातावरण बनेको छैन : देउवा

प्रतिनिधिसभा विघटन असंवैधानिक,चुनावको वातावरण बनेको छैन : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन्।

 

 

केन्द्रीय समिति बैठकलाई मंगलबार सम्बोधन गर्दै देउवाले संविधान नै जोखिममा परेको बताए।

‘संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ।’ देउवाले भने, ‘जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ।’

उनले सरकारले फागुन २१ का लागि तोकेको निर्वाचन हुनका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनिनसकेको बताए।

निर्वाचनको पूर्वशर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन। सुरक्षा निकाय मनोबल गिरेर निरीह भएका छन्।’ उनले भने, तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वत:स्फुर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो। यसतर्फ ध्यान जाओस्।’

उनले देशलाई पुन: संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन नै भएको पनि बताए।

प्रकाशित मिति : मंगलबार, असोज २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij