काठमणडौ – नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको विद्युत् लाइन काटेको छ । प्राधिकरणले घोराही सिमेन्ट ९दाङ०, अर्घाखाँची सिमेन्ट लुम्बिनी, त्रिवेणी स्पिनिङ परवानीपुर र जगदम्बा स्टील अमलेखगञ्ज को बिजुलीको लाइन बिहान काटेको हो ।
बिजुलीको बक्यौता रकम नतिरेकाले लाइन काटेको प्राधिकरणको भनाइ छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल हो । डेडिकेटेड तथा ट्रङ्क लाइन विवाद कायमै रहेका बेला विद्युत् प्राधिकरणले बक्यौता भुक्तानी गर्न पछिल्लो पटक २१ दिनको समयसिमा दिएको थियो ।
यो समयसीमा सकिएसँगै प्राधिकरणले उद्योगहरुको लाइन काट्न शुरु गरेको हो । तर उद्योगीहरुले प्राधिकरणले त्यसको बिल प्रमाण दिन नसकेकाले बक्यौता नबुझाउने अडान लिएका छन् ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्