काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिएको छ।
बुधबार दिउँसो नख्खु कारागारमा थुनामा रहेका लामिछानेलाई सुरक्षा व्यवस्था बीच सिंहदरबारस्थित आयोगको कार्यालयमा पुर्याइएको थियो। त्यहाँ पुग्नेबित्तिकै आयोगले उनलाई बयान दिन सुरु गराएको हो।
आयोगले लामिछानेसँग विशेषगरी भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनी नख्खु कारागारबाट कसरी बाहिर निस्किए, त्यसबेला कारागारभित्र र बाहिर के कस्तो गतिविधि भयो र सरकारी संयन्त्रको भूमिका कस्तो रह्यो भन्ने विषयमा बयान लिन लागेको हो । भदौ २४ आन्दोलनकै बीच लामिछाने केही समयका लागि जेल बाहिर निस्किएका थिए । तर, पछि पुनः कारागार फर्किएका थिए।
लामिछाने सहकारी बचत रकम अपचलन मुद्दामा पुर्पक्षका लागि लामिछाने हाल नख्खु कारागारमा थुनामा छन्।
सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटना र विवादका कारण उत्पन्न परिस्थितिको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको छ।
मंगलबार मात्र आयोग अध्यक्ष कार्की स्वयं नख्खु कारागार पुगेर निरीक्षण गरेका र लामिछानेसँग प्रत्यक्ष भेट गरेका थिए।
आयोगले यसअघि नख्खु कारागार प्रमुख सत्यराज जोशीसहित, कारागार सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरूबाट पनि घटनासम्बन्धी बयान लिइसकेको छ।
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्