निर्वाचन आयोगमा दलको संख्या १२२ पुग्यो, २८ दल दर्ता प्रक्रियामा

निर्वाचन आयोगमा दलको संख्या १२२ पुग्यो, २८ दल दर्ता प्रक्रियामा

काठमाण्डाै – निर्वाचनमा आयोगमा आजसम्म १ सय २२ वटा दल कायम भएका छन् ।

फागुन २१ गतेका लागि चुनाव घोषणा हुने अघिल्लो दिनसम्म १ सय २२ वटा दल दर्ता थिए । त्यसपछि ७ वटा नयाँ दल दर्ता भएका छन् भने ७ वटा दल खारेज भएका छन् । ६ वटा दल एकता प्रक्रियामा गएकाले र एउटा सर्वोच्च अदालतको आदेश अनुसार खारेज भएको हो । यस्तै २८ वटा दल दर्ताको प्रक्रियामा रहेका छन् ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा चुनावमा सहभागी हुनका लागि नयाँ दल दर्ताको निवेदन दिन आजसम्मको समय दिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागि हुने प्रयोजनको अवधीभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरुले चुनावमा सहभागि हुन पाउने छन् ।

प्रकाशित मिति : आइतबार, कार्तिक ३० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij