काठमाडौं : नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले जितको सुरूवात गरेको छ। बिहिबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजमाथि ६ विकेटले जित हात पारेको हो।
१८.३ ओभर खेलेको लुम्बिनीका लागि रोहित पौडेल ३९ रन बनाए भने सन्दीप जोराले २८, डी आर्की र दिलिप नाथले क्रशम ११ र १० रन बनाए। गुवाबदिन नैव ४४ रनमा अविजित रहे।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनका लागि रवि बोपराले ५५ बलमा ४ चौका र तीन छक्काको मद्धतमा ६६ रन बनाए। त्यस्तै कुशल मल्लले १८ बलमा २१ रन बनाए। त्यसैगरी सैफ जैवले १५, देव खनालले १४ र दीपक बोहाराले १० रन बनाए।
त्यस्तै बलिङतर्फ लुम्बिनीका रूवेन ट्रुम्पलेन सर्वाधिक तीन विकेट लिए भने अभिशेष गौतम र गुलाबदिन नैवले दुई विकेट लिए।
यस अगाडि चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो।
प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्