JanataToday.com

Advertisment

SKIP THIS

सुदूरपश्चिमको लगातार दोश्रो जीत, पोखरा १८ रनले पराजित

सुदूरपश्चिमको लगातार दोश्रो जीत, पोखरा १८ रनले पराजित

काठमाण्डौ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स लगातार दोश्रो खेलमा विजयी भएको छ । आज भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेनजर्सलाई  १८ रनले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन मात्रै बनाउन सक्यो । पोखराका कप्तान कुशल भुर्तेलले ५३, जिम्मी निशमले ४७ र डेन डउथवेटले ३७ रन बनाए । सुदूरपश्चिमका हर्मित सिंहले २, दीपेन्द्रसिह ऐरी, नरेन साउद, हेमन्त धामी, स्कट कुग्गेलिजन र अविनाश बोहराले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९३ रन बनायो । सुदूरपश्चिमका जोश ब्राउनले ६८, विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ रन बनाए । पोखराका जेम्स निशमले ३ विकेट लिए ।

प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पोखरा पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई हराउँदै विजयी शुरुआत गरेको थियो ।

एनपीएलमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमान्डु, लुम्बिनी लायन्स, चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स गरी ८ वटा टोली सहभागी छन् । मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij