बुटवल
बुटवल उपमहानगरपालिका मा वडा नम्बर १३ मा रहेको महिलाद्धारा सञ्चालित परावर्तन सामाजिक उद्यमी सहकारी संस्था लिमिेटेड को नवौ साधारण सभा तथा तेस्रो अबिधेशन आइतबार सम्पन्न भएको छ । बुटवलको वडा नं १३ मा रहेको उक्त सहकारी संस्थाको वार्षिक साधारण सभाले सहकारी सिद्धान्त अनुरुप आफना सदस्यहरुको आर्थिक तथा समाजिक बिकासको लागि सेवा तथा सुविधा उपलब्ध गराउन वितिय कारोबार मात्र नभै हरेक सदस्य संग केन्द्रित रहेर सामाजिक कृयाकलापमा जोडिएर सदस्य केन्द्रित कार्यक्रम संचालन गर्ने संस्था प्रयत्नसील रहेको साथै शेयर सदस्य बृद्धि कार्यलाई निरन्तरता दिएर २५ जना महिलाबाट शुरु भएको सहकारी यस बर्ष ५००को हराहारी पूरयाउने सहकारीको कार्य क्षेत्र बिस्तार गर्ने सदस्यहरुको मनोभावलाई मध्यनजर गरि कुनै उद्यमसिल कार्य सुरु गर्ने बिश्वास दिलाउदै विगतका कार्यक्रमलाई निरन्तरता दिने गरी अध्यक्ष संस्थाका अध्यक्ष नमकला बेलबासेले प्रस्तुत गर्नुभएको प्रस्तावलाई पारित गरेको छ ।

बुटवल उपमहानगरपालिका तथा जिल्ला सहकारी संघले दिएको सम्पति सुढीकरण तालिममा समिती लगायत कर्मचारीको सहभागिता रहेको सस्थाको उ३ेश्य अनुसार चालु आर्थिक बर्षमा नगरपालिका संग समन्वयन गरी महिलाहरुका लगि आयआर्जन बृद्धि गर्न उधम पेश गरेका साथै शेयर सदस्यलाई विभिन्न किसिमको बिरुवा बाढेको अध्यक्ष बेलबासेले बताउनु भयो ।

सस्थाले विगत बर्ष देखि शेयर सदस्य मध्ये संस्थका जेष्ठ सदस्यलाई प्रशंसा पत्र सहित दोसल्ला ओढार सम्मान साथै त्यसै अवसरमा सहकारीको सदस्य बृद्धिमा विशेष योगदान गरेका शेयर सदस्य लाई प्रशंसा पत्र सहित सम्मान गरिएको सस्थाका व्यबस्थापक सृष्टि आचार्यले बताउनु भयो ।
साधारण सभाको कार्यक्रममा बोल्दै प्रमुख अतिथि परावर्तन सामाजिक उद्यमी सहकारी संस्था का सल्लाहकार पुरुषोत्तम बस्यालले सहकारीको लगानी उत्पादन संग जोडेर शेयर सदस्यहरुको आर्थिक र सामाजिक विकासमा महत्वपुर्ण भुमिका खेल्नु’ पर्नेमा जोड दिनुभयो। सहकारीले बिगतमा महिलाहरुको आर्थिक र सामाजिक सशक्तिकरणमा महत्वपुर्ण भुमिका खेलेकोमा प्रसंसा गर्दै उहाले नगरपालिकाले संचालन गर्ने महिला स्वरोजगार सम्बन्धि कार्यक्रम मार्फत सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो ।

त्यस्तै बिशिष्ट अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर १३का सदस्य लाल बहादुर गुरुगले शुभकामना दिदै र आगामी दिनमा पनि सहकारी ले सहकारीका सदस्यले हरुलाई बिभिन्न किसिमका उद्यमसिलता तलिमहरु राखी राम्रो कामहरुलाई अगाडि बढन आग्रह गर्नु भयो । उहाँले सहकारीले उहाँले नीति, बिधि र प्रविधी अंगालेर काम गर्न पनि सुझाव दिनुभयो । सल्लाहकारहरु खिमानन्द पौडेल नारन खनाल तेजमाया केसि ले नवौ बर्ष आइपुगेकोमा शुभकामना दिदै र आगामी दिनमा पनि सहकारी ले सहकारीका सदस्यले हरुलाई बिभिन्न किसिमका उद्यमसिलता तलिमहरु राखी राम्रो कामहरुलाई अगाडि बढन आग्रह गर्नु भयो

साधारण सभामा सस्थाका कोषध्यक्ष जानका पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन समेत सर्वसम्मतले पारित भएको छ भने सस्थाको आर्थिक बर्ष २०८२÷८३को वार्षिक प्रतिवेदन आन्तरिक लेखा परिक्षण प्रतिवेदन लेखा समितीका संयोजक राधा पोखरेल प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सस्थाका सचिव डिला गाहाले सञ्चालन गर्नु भएको थियो।
त्यस्तै सस्था तेस्रो अबिधेशनबाट आगामी कार्यकालका लागि डिला गाहा अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्ष कमला पौडेल सचिव सरिता खनाल कोषाध्यक्ष गिता आचाय सर्वसम्मत रुपमा चयन भएका छन् त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा शिला खरेल सगिता बस्याल ललिता भटटराइ भगवती भटटराइ मिना मरासिनी त्यस्तै लेखा समितीमा लेखा संयोनक पुष्पा ज्ञवाली सदस्यहरुमा विष्ण भटटराइ र यशोधा पौडेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : आइतबार, मंसिर ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्