JanataToday.com

Advertisment

SKIP THIS

एनपीएलमा आज जनकपुर र विराटनगर तथा सुदूरपश्चिम र कर्णाली खेल्दै

एनपीएलमा आज जनकपुर र विराटनगर तथा सुदूरपश्चिम र कर्णाली खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ ।

चारै टोली पहिलो पटक एक–आपसमा खेल्न लागेका हुन् । यो सिजनमा एक खेल गुमाइसकेको जनकपुरको यो दोस्रो खेल हो । उद्घाटन खेलमा जनकपुर काठमाण्डु गोर्खाजसँग पराजित भएको थियो । विपक्षी टोली विराटनगर भने आज उत्कृष्ट लयमा छ । उसले यसअघि पोखरा र काठमाण्डु दुवैलाई पराजित गरिसकेको छ ।

यस्तै दोस्रो खेलमा कर्णालीले अहिलेसम्म खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ । सुदूरपश्चिम भने लगातार तीन खेलमा जित निकाल्ने लक्ष्यमा छ । यसअघि सुदूरपश्चिमले काठमाण्डु र पोखरालाई हराइसकेको छ भने कर्णालीले लुम्बिनीलाई पराजित गरेको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij