JanataToday.com

Advertisment

SKIP THIS

आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल

आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल

file

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ ।

 

नेपालसहित यो समूहमा दुई पटकको विजेता वेस्ट इन्डिज, १ पटकको विजेता इंग्ल्यान्ड, बंगलादेश र इटाली परेको छ । नेपालले इंग्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ । वेस्ट इन्डिजलाई नेपालले सेप्टेम्बरमा शारजहाँमा भएको ३ खेलको शृंखलामा २–१ ले पराजित गरेको थियो ।

इटाली पहिलो पटक विश्वकप खेलिरहेको छ । युरोप क्षेत्रको छनोटबाट स्कटल्यान्डलाई उछिन्दै नेदरल्यान्ड्स र इटाली विश्वकपमा पुगेका थिए । नेपालले तेस्रो पटक विश्वकप खेल्न लागेको हो ।

बंगलादेशसँग गत वर्ष नेपालले लगातार तेस्रो पटक खेल्न लागेको हो । बंगलादेशमा २०१४ तथा अमेरिका र वेस्ट इन्डिजमा भएको ट्वान्टी–२० विश्वकपमा पनि नेपालले बंगलादेशसँग खेलेको थियो र दुबैमा पराजित रहेको थियो ।

सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ र शीर्ष दुई टोली सुपर एटमा पुग्ने छन् । सुपर एट दुई समूहमा विभाजन गरिएको छ र त्यसबाट समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छ ।

समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे, आयरल्यान्ड, ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई छन् ।

भारत र पाकिस्तान एकै समूहमा

भारत र पाकिस्तान एकै समूहमा रहेका छन् । पाकिस्तानले भारत भ्रमण गर्न अस्वीकार गरेकाले यी दुई राष्ट्रको खेल श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा रंगशालामा फेब्रुअरी १५ मा हुनेछ । भारत र पाकिस्तानसहित समूह ‘ए’ मा अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्

निर्धारित तालिका अनुसार ट्वान्टी–२० विश्वकपको फाइनल अहमदाबादमा हुने कार्यक्रम रहेको छ । तर पाकिस्तान फाइनल पुगेमा उपाधि भिडन्तको अन्तिम खेल श्रीलंकामा हुनेछ ।

प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij