JanataToday.com

Advertisment

SKIP THIS

स्वर्गीय शेरबहादुर सेन्चुरी अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु

स्वर्गीय शेरबहादुर सेन्चुरी अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु

भैरहवा, रुपन्देहीको भैरहवामा १२ औं संस्करणको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुरु प्रतियोगितामा न्यू मुन एकेडेमी र एभरेष्ट स्कूल विजयी भएका छन् । न्यू मुनले न्यू लाइट सेकेन्डरी स्कूललाई ८ विकेट र एभरेष्टले मुनलाइट इङ्गलिस बोर्डिङ स्कूललाई ४ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्यू लाइटले निर्धारित २० ओभरमा १४ ओभर २ बलमा अलआउट हुँदै ६५ रन बनायो । उसका लागि गगन अर्यालले १४ र शुसल खरेलले १० रन बनाए । बलिङमा न्यू मुनका आशिष यादवले ४ र इमरान शेखले ३ विकेट हात पारे ।

जवाफमा न्यू मुनले ७ ओभर ३ बलमा २ विकेट गुमाएर ६६ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा आशिष यादवले नटआउट ३३ र श्रीधर न्यौपानेले १६ रन जोडे । बलिङमा न्यू लाइटका भुवन ज्ञवाली र गगन अर्यालले १–१ विकेट लिए । खेलमा आषिश यादव प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा टस जितेर ब्याटिङ गरेको मुनलाइटले ५ विकेटको क्षतिमा १ सय ३ रन बनायो । उसका लागि भानुबहादुर पाण्डेले २८, सुमन विष्टले नटआउट २४ र हर्षित शाहीले १९ रन जोडे । बलिङमा एभरेष्टका सौगात अर्याल र आदित्य देवकोटाले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको एभरेष्टले १९ ओभर १ बलमा ६ विकेट गुमाएर १ सय ५ रन बनाउँदै जीत निकाल्यो । उसको जितमा सुशान्त गौतमले २० र पुरण न्यौपानेले नटआउट १४ रन बनाए । बलिङमा मुनलाइटका सुमन विष्ट र भानुबहादुर पाण्डेले २–२ विकेट लिए । खेलमा आदित्य देवकोटा प्लेयर अफ द म्याच भइ पाँचसय प्राप्त गरे ।

यसअघि प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, संघका संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरी, सल्लाहकार महेश भूर्तेल, सदस्य प्रथम पराजुली लगायतले बोल्दै क्रिकेटले नेपाललाई विश्व माझ चिनाएको जनाए । उनीहरुले भोलिका राष्ट्रिय खेलाडी भनेकै विद्यालय तहबाट उत्पादन हुने भन्दै अनुसाशित र लगनशील भएर खेल्न खेलाडीहरुलाई आग्रह गरे । विद्यालय तहका यस्ता प्रतियोगिताले नयाँ प्रतिभाहरु बारिह ल्याउन सहयोग पुग्ने उनीहरुको भनाइ छ । रुपन्देही शिक्षासँगै पछिल्लो समय खेलकुदमा समेत हब बनेको उनीहरुकाले जनाए ।

विद्यालय तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागिता रहेको खेल संयोजक उदय कुमार मल्लिकले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुशासित टीमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्नेछ । प्रतियोगितालाई पर्वत ज्वेलर्स बैंकरोड, भैरहवाले प्रायोजन गरेको छ ।

प्रकाशित मिति : शनिबार, मंसिर १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij