काठमाडौं , नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म पार्टीको १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो।
महाधिवेशनका लागि मंसिर २० भित्रै क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यताको काम केन्द्रबाट टुंग्याइने छ।
यस्तै बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ । कार्यसमितिको म्याद २३ मंसिरसम्ममा सकिने भएकाले पदावधि थप गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
प्रकाशित मिति : सोमबार, मंसिर १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्