समयमै निर्वाचन गर्न सरकार र राजनीतिक दल सहमत

समयमै निर्वाचन गर्न सरकार र राजनीतिक दल सहमत

सर्वपक्षिय बैठक:

काठमाडौँ , राजनीतिक दलहरूले सरकारलाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन्।

शुक्रवार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा दलहरूले मुलुकलाई विषम राजनीतिक अवस्थाबाट सामान्य परिस्थितिमा ल्याउन निर्वाचनको वातावरण निर्माणमा केन्द्रित हुन सरकारलाई आग्रह गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिए।

उनका अनुसार बैठकमा सुरक्षा निकायहरूले सुरक्षाको स्थिति तथा निर्वाचन आयोगले निर्वाचनको तयारीका बारेमा ब्रिफिङ गरेका थिए। शान्ति सुरक्षाको वातावरण बनिनसकेका कारण विशेष रणनीतिका साथ यसमा काम गर्नुपर्ने सुझाव दलहरूले दिएको ज्वालाको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले संविधानको संरक्षण र समाजमा विधिको शासन स्थापित गर्न निर्वाचन अपरिहार्य आवश्यकता भएको कुरा राजनीतिक दलका नेताले बैठकमा राखेका बताइन्।

उनले घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता सरकारका तर्फबाट आएको पनि बताइन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समयमै निर्वाचन सम्पन्न गर्ने कुरामा राजनीतिक दल र सरकार प्रतिबद्ध भएर लाग्ने कुरा बैठकमा भएको बताए।

सरकारले निर्वाचनको वातावरण निर्माण गरे निर्वाचनमा भाग लिन सबै दलहरू तयार रहेको दलहरूका तर्फबाट धारणा आएको मन्त्री खरेलको भनाइ छ।

बैठकमा राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख, निर्वाचन आयोगका प्रतिनिधि र सरकारका तर्फबाट प्रधामन्त्रीसँगै केही मन्त्रीहरू सहभागी थिए।

प्रकाशित मिति : शनिबार, मंसिर २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij