विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

काठमाण्डौ – लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोश्रो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो । लुम्बिनीले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर ५ बलमा ९४ रन बनाएर अलआउट भयो ।

विराटनगरका साम हिजलेटले सबैभन्दा धेरै ३४, नरेन भट्टले २१ र मर्चेन्ड डे ल्याङ्गेले १७ रन बनाए । लुम्बिनीका तिलक भण्डारी ३, रुवेन ट्रम्पेलेम्यान, अभिशेष गौतम र जेजे स्मिथले समान २ तथा शेर मल्लले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो ।

लुम्बिनीका डार्सी शर्टले ४५, कप्तान रोहित पौडेलले ३४ रन बनाए । विराटनगरका सुवास भण्डारी तथा प्रतिस जिसीले समान ३ र कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।

अब लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनल पुगेको हो । यस्तै इलिमिनेटरमा हिजो काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो ।

एनपीएलको फाइनल खेल पर्सि शनिवार दिउँसो साढे ३ बजे शुरू हुनेछ ।

प्रकाशित मिति : बिहिबार, मंसिर २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij