चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी टिकटक व्यवसायको ठूलो हिस्सा बेच्ने तयारी गरेको छ । टिकटकका प्रमुख शू जि चियूका अनुसार, आधा हिस्सा ओरेकल, सिल्वर लेक र एमजीएक्स लगायतका लगानीकर्ताले राख्नेछन् ।
सम्झौता अबको एक महिना अर्थात आउँदो जनवरी २२ मा सम्पन्न हुने बीबीसीले जनाएको छ । बाइटडान्सले अमेरिकी व्यवसायमा १९ दशमलव ९ प्रतिशत हिस्सा कायम राख्नेछ भने ओरेकल, सिल्वर लेक र एमजीएक्सले प्रत्येक १५ प्रतिशत हिस्सा राख्नेछन् । बाँकी ३० दशमलव १ प्रतिशत हिस्सा बाइटडान्सका अन्य लगानीकर्ताले राख्नेछन् ।
यस सम्झौताअन्तर्गत, ओरेकलले टिकटकको सिफारिस प्रणालीको लाइसेन्स पनि पाउनेछ । यो कदमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ वर्ष अघि सन् २०२४ मा पारित गरेको कानूनलाई कार्यान्वयन नगरी टिकटक बिक्री रोक्ने प्रयासलाई अन्त्य गर्नेछ ।
प्रकाशित मिति : शुक्रबार, पुष ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्