नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रहने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रहने

काठमाडौं,  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रहने छ।

बैठक आज दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको छ। १५औँ महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न कठिन देखिएपछि बैठक बुधबार बसेको थियो। बैठकमा बोल्ने अधिकांश सदस्यले महाधिवेशन सार्नु पर्ने माग गरेका छन्।

संस्थापन पक्षका नेता महाधिवेशन सार्ने रणनीतिमा लाग्दा इतर पक्ष भने तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने अडानमा छ। कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म महाधिवेशनको मिति तोकेको छ।

बुधबारको बैठकमा बोल्ने अधिकांश सदस्यले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेका छन्। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिकतर्फको उम्मेदवारको सूची जस्ता प्रस्ताव राखेको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए।

बैठकपछि बोल्दै महामन्त्री गगन थापाले महाधिवेशन कार्यतालिकामा रहेको वडा अधिवेशन पुस १६ गतेदेखि २१ गते सारी तोकिएकै मितिमा महाधिवेशन गर्ने प्रस्ताव गरेको बताए।

उनले विगतमा पनि थुप्रै जिल्लामा केन्द्रीय महाधिवेशनपछि जिल्ला अधिवेशन भएको भन्दै अहिले पनि पालिका अधिवेशन, प्रदेशसभा, क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन र सात प्रदेशको अधिवेशन निर्वाचनभन्दा पछि गर्न सकिने बताए। आफूले प्रस्ताव गरेको विकल्प अमान्य भए विशेष महाधिवेशन कसैले रोक्न नसक्ने महामन्त्री थापाको भनाइ छ।

प्रकाशित मिति : बिहिबार, पुष १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij