काठमाडौँ : आइसीसी टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। शेर मल्लले पहिलो पटक राष्ट्रिय टोलीमा डेब्यु गर्दा नियमति रूपमा टोलीमा रहँदै आएका कुशल मल्ल भने टोलीबाट बाहिरिएका छन्।
नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडी लोकश बम, बसिर अहमद र शेर मल्लले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। नेपाली टोलीमा कप्तान पौडेलसँगै उपकप्तान दीपेन्द्र सिं ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, सन्दीप जोरा, सोमपाल कामी र करण केसी रहेका छन्।
यस्तै टोलीमा नन्दन यादव‚ गुल्सन झा र ललित राजवंशीले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। आइसीसी टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्त रूपमा हुँदै छ।
प्रकाशित मिति : मंगलबार, पुष २२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्