कांग्रेसले लुम्बिनीबाट वासुदेव घिमिरे र चन्द्र केसीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने

कांग्रेसले लुम्बिनीबाट वासुदेव घिमिरे र चन्द्र केसीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने

बुटवल – नेपाली कांग्रेसले लुम्बिनी प्रदेशबाट वासुदेव घिमिरे ‘जङ्गली’  र चन्द्र बहादुर  केसीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।  दाङका घिमिरेलाई अपाङ्ग क्लष्टरबाट उम्मेदवारका रूपमा अघि सारिएको हो, भने गुल्मीका  केसीलाई खुलाबाट उम्मेदवार बनाइने भएको हो ।

दाङको लमही नगरपालिका–१ निवासी  घिमिरे  कांग्रेसका पुराना र सङ्घर्षशील नेता  रहेको कांग्रेस कार्यकर्ताहरू बताउँछन् । घिमिरेको राजनीतिक यात्रा २०२९ सालमा नेविसंघबाट सुरु भएको हो । त्यसपछि उनी तरुण दलमा सक्रिय भए ।

२०४० सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बनेका  रहे । उनले तरुण दलको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी समेत सम्हालेका  नेता हुन् । उनी कांग्रेसको क्षेत्रीय सभापतिसमेत भइसकेका छन् ।

केसी पनि कांग्रेसका पुराना  नेता हुन् ।  गुल्मी रेसुङ्गा नगरपालिका निवासी केसीले यस अघि  २०७४ मा  गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको  उम्मेदवार बनेका थिए । उनी  गुल्मीको  पूर्व जिविस सभापति  समेत भएर काम गरेका नेता हुन्  ।

प्रकाशित मिति : बुधबार, पुष २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij