कांग्रेस संस्थापन पक्षको असहमतिका बीच हुन लागेको बिशेष महाधिबेसनको तयारी तिब्र

कांग्रेस संस्थापन पक्षको असहमतिका बीच हुन लागेको बिशेष महाधिबेसनको तयारी तिब्र

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको पार्टीको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । काठमाण्डौको भृकुटीमण्डमा भोलि र पर्सि विशेष महाधिवेशन गर्न लागिएको हो ।

विशेष महाधिवेशनका लागि काठमाण्डौ उपत्यकाका विभिन्न सडक पार्टीका झण्डाले सिँगारिएका छन् । महाधिवेशन स्थलमा मञ्च निर्माण, हल सजावटलगायतका प्राविधिक पक्षका कामहरू भैरहेको छ । आयोजकका अनुसार विशेष महाधिवेशनको सन्देश पार्टी कार्यकर्ता र आमनागरिकसम्म पुर्याउने अपेक्षा गरिएको छ । कांग्रेसभित्र संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

भोलि दिउँसो १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह शुरू हुनुअघि सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शङ्करदेव क्याम्पस, कमलपोखरी र कुपण्डोलबाट जुलुस प्रदर्शन गर्न लागिएको हो । विशेष महाधिवेशनको पक्षमा बहुमत पुग्न नदिन संस्थापन पक्षबाट प्रतिनिधिहरूलाई दबाब सिर्जना गरे पनि ५० प्रतिशत बढीले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । कतिपय जिल्लाका ९५ प्रतिशतभन्दा पनि धेरै प्रतिनिधिले हस्ताक्षर गरेको विशेष महाधिवेशन पक्षले दाबी गरेको छ ।

प्रकाशित मिति : शनिबार, पुष २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij