बुटवल , नेकपा एमालेले तिलोत्तमा नगरपालिकाका पुर्व मेयर तथा रूपन्देही ५ का निवर्तमान सांसद वासुदेव घिमिरेलाई रुपन्देही ३ को उम्मेदवार तोकेको छ ।
शनिवार बसेको एमालेको सचिवालय बैठकले घिमिरेलाई रुपन्देही ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस अघि उनी रुपन्देही ५ बाट निर्वाचित भएका थिए । यस पटक भने उनी रुपन्देही ३ को उम्मेदवार तोकिएका हुन ।
घिमिरे केही समय पहिले सामाजिक सञ्जालमा एमाले छाडेको स्ट्याटस राखेसङै रास्वपा जाने चर्चा चुलिएको थियो । उनलाई पछि एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेमै रहन सहमत गराएका थिए ।
एमालेले रुपन्देहीको १, २ र ४ नम्बर क्षेत्रको उम्मेदवार भने टुङ्गयाएको छैन । यी तिनै वटा क्षेत्रमा पार्टी अध्यक्ष केपी ओली आफैले पछि निर्णय लिनेगरि छाडिएको छ रुपन्देही ५ बाट भने खिमलाल भट्टराईलाई टिकट दिइएको छ ।
प्रकाशित मिति : आइतबार, माघ ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्