राष्ट्रिय नेता बन्न सर्लाही गए, काठमाडौँ-४ प्रति ऋणी छु : गगन थापा

राष्ट्रिय नेता बन्न सर्लाही गए, काठमाडौँ-४ प्रति ऋणी छु : गगन थापा

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोजेको बताएका छन् ।

शनिबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले सर्लाही- ४ बाट उम्मेदवार बनेको बारे स्पष्ट पार्दै काठमाडौँ-४ मा सहज अवस्था छोडेर सर्लाही- ४ गएको बताए ।

उनले काठमाडौं वा सर्लाहीबाट उम्मेदवार बन्ने विषयमा चर्चा भइरहँदा अन्य दलहरूले काठमाडौंमा उम्मेदवार समेत नछानेको बताउदै काठमाडौं आफ्नो लागि धेरै सहज निर्वाचन क्षेत्र भएको उल्लेख गरे ।

सभापति थापाले आफु राष्ट्रिय नेता बन्नको लागि सिंगो राष्ट्रलाई आफूभित्र समेट्न सक्नुपर्ने बताउदै मधेश बुझनको लागि आफू सर्लाही झरेको र सर्लाहीबाट सम्पूर्ण मधेस बुझ्ने प्रयास गर्ने बताए ।

थापाले काठमाडौं-४ बाट तीन पटक निर्वाचित गराउने मतदाताप्रति आफू जीवनभर ऋणी रहेको उल्लेख गर्दै यस क्षेत्रको सेवामा पनि आफू सधैं समर्पित रहने बताए ।

वारेसमार्फत सर्लाही-४ मा मनोनयन दर्ता गरेका थापा आज सर्लाही-४ मा पुगेर आफ्नो चुनावी अभियान शुरु गरेका छन् ।

प्रकाशित मिति : शनिबार, माघ १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij